दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा



काठमाडौं । नेपाल सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारकी प्रवक्ता शर्माले यस्तो बताएकी हुन् ।



सत्तारूढ दलहरूबीच मन्त्रालय बाँडफाँडको विषय पेचिलो बनिरहँँदा शर्माले मन्त्रिपरिषद् विस्तारकोअन्तिम चरणमा पुगेको र एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने बताईन् ।



मन्त्री शर्माले भनिन्, ‘सरकार विस्तारको चरणमा हामी छौं । सरकार विस्तारको गृहकार्य करिबकरिब अन्तिम अवस्थामा आएको छ । अब एकदुई दिनमै सरकार विस्तारले पूर्णता पाउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज