नेकपा एकीकृत समाजवादीबाट पहिलो चरणमा प्रकाश ज्वाला भौतिक मन्त्री बन्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का  प्रकाश ज्वाला प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन्।

आज एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको आकस्मिक सचिवालय बैठकले पहिलो चरणको मन्त्रिपरिषद्‍ विस्तारमा ज्वालालाई पठाउने निर्णय गरेको हो।



एकीकृत समाजवादी पार्टीले गृहसहित तीन वटा मन्त्रालयमा दाबी गरिरहेको छ। तर, प्रधानमन्त्री प्रचण्डले गृहबाहेकका दुई वटा मन्त्रालय दिने तयारी गरेका छन्।



समाजवादीका उपमहासचिव समेत रहेका ज्वालाले बुधबार साँझसम्म मन्त्रीका रुपमा शपथ लिने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज