भुटानी कप्तान चेन्चोले मछिन्द्रबाट ‘ए’ डिभिजन लिग खेल्ने



काठमाडौं । भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले साविक विजेता मछिन्द्र एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

मछिन्द्र क्लब स्रोतका अनुसार दुवै पक्षले लिग खेल्नका लागि सम्झौता गरिसकेका छन् ।



हाल प्रधानमन्त्री त्रिदेशीय कप फुटबलका लागि काठमाडौंमा रहेका २६ वर्षीय चेन्चो आफ्नो देशमा ‘भुटानी रोनाल्डो’ को नामले परिचित छन् ।



चेन्चोको टिम भुटान प्रधानमन्त्री कपको फाइनल होडबाट बाहिरिसकेको छ ।

ए डिभिजन लिगको छैटौं चरणका खेलहरु चैत २० गतेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज