काठमाडौं, १९ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७८ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। पर्साको छिपहरमाई गाउँपालिकामा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त भएको छ।
मन्त्रालयको बिहीबारको निर्णयअनुसार सर्लाहीको हरिपुर्वा नगरपालिकामा कार्यरत संजीव साह लाई छिपहरमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरिएको हो।
मन्त्रालयका अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह अन्तर्गतका राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत वा सो सरह) कर्मचारीहरूलाई रिक्त रहेका स्थानीय तहहरूमा खटाइएको हो। जिम्मेवारीमा खटाइएका अधिकांश कर्मचारी पहिले विभिन्न मन्त्रालय तथा सरकारी निकायमा कार्यरत थिए।
नयाँ सरकार गठनसँगै रिक्त रहेका स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउने क्रम तीव्र बनाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल ले यसअघि विभिन्न जिल्लाका समन्वय समिति र नगरपालिकाहरूमा ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइसकेकी छिन्।
यस निर्णयसँगै छिपहरमाई गाउँपालिकाको प्रशासनिक कामकाज अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यस्तो छ सूची





