सप्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि तेज नारायण चौधरी सिफारिस



सप्तरी – नेपाली जनता दलका केन्द्रीय सचिव तेज नारायण चौधरीको नाम सप्तरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरुपले सिफारिस भएको छ ।

नेपाली जनता दल सप्तरी निर्वाचन क्षेत्र नं ४ को सम्पन्न बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय सचिव चौधरीलाई सर्वसम्मतले सिफारिस गरिएको हो ।

चौधरी २०६२/०६३ सालको १९ दिने जनआन्दोलनमा गार्मेन्ट सेक्टरको एकाई कमिटीको अध्यक्ष( नेकपा माओवादी )मा रहदै मजदुर बर्गियको हितमा महत्त्वपूर्ण भुमिका रहेको थियो ।पछी २०६८ सलमा माले (सिपि मैनाली) नेपाल प्रगतिशील ट्रेडयुनियन महासङ्घमा आबध काठमाडौ सप्तरी सम्पर्क मन्चको अध्यक्ष जिम्मेवारी सम्भालेको थियो । त्यसपछी नेपाल कम्युनिस्ट पार्टी माले समाजवादी (जगत बहादुर बोगटी) केन्द्रिय परिषद सदस्य को समेत जिम्मेवारी बहन गरेको थियो । त्यसपछी २०७५ साल हेटौंडाको महाधिवेशनबाट निर्वाचित भैई केन्द्रीय सचीवको जिम्मा सम्भाल्दै आएका छन । बौदिक स्तरका युवा नेता चौधरी समाजिक अभियन्ता र पत्रकार पनि हुन ।

त्यसै गरि प्रदेश सभा सदस्यको लागि सप्तरी क्षेत्र न. ४ को (क) बाट सबुरलाल मण्डल र (ख)बाट रामेश्वर साह सिफारिस भएको छ । समानुपातिक तर्फ क्रमश: रामबिलास सदाय,अजय कुमार साह,रामजानी मिया,सतौनिया देवि चौधरी,श्रवण कुमार साह,बिजय कुमार चौधरी र सोमन चौधरीको नाम सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर