काठमाडौं । अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच प्रधानमन्त्री कार्यालयमा वार्ता जारी छ ।
चिकित्सा सुधारको माग राख्दै अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल हुँदा पनि सहमति जुट्न सकेको छैन ।
दुवै वार्ता टोलीका अनुसार डा. केसीले उठाएका मागमा बुँदाबुँदामा छलफल भइरहेको छ । वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरे र डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री नेतृत्वको टोलीले सहमतिको प्रयास गरिरहेका छन् ।
डा. केसी सेती प्रादेशिक अस्पतालमा अनशनमा छन् । आज अनशन बसेको ९ दिन पुगेको छ । उनको यो २०औँ अनशन हो ।
प्रतिक्रिया!