ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी



काठमाडौं । ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी भएको छ । धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी गोदममा बुधबार दिउँसो १ बजेको समयमा आगलागी भएको हो।

आगलागीमा परी ३ जना घाइते भएका छन्। अचानक गोदाममा आगो लाग्दा ५ जना कामदारहरू गोदाममै थिए।



उनीहरूमध्ये गणेश नेपाल, अजय र लक्ष्मी घाइते भएका छन्। आगोको सप्काले भेटेर उनीहरूको अनुहार जलेको छ।



विजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान लगाएको छ। अझै आगो नियन्त्रण आइसकेको छैन।

काठमाडौं, ललितपुर भक्तपुरका दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयले आगलागी नियनत्र्णको प्रयास गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज