बिसीबीद्धारा महिला साफ विजेता फुटबल टोलीलाई ५० लाख टाका पुरस्कार



काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) ले नेपालमा सम्पन्न छैटौं महिला साफ च्याम्पियनसिप विजेता बंगलादेशी महिला फुटबल टोलीलाई ५० लाख टाका पुरस्कार दिने घोषणा गरेको छ।

बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले महिला फुटबलरहरूको सफलताको प्रशंसा गर्दै पुरस्कारको घोषणा गरेका छन्।



‘महिला फुटबल टोलीले आफ्नो असाधारण प्रदर्शन र ऐतिहासिक उपलब्धिले सिंगो राष्ट्रलाई गौरवान्वित गरेको छ। उनीहरूको प्रयासको लागि प्रशंसा र समर्थनको प्रतीकको रूपमा म बिसीबी​​को तर्फबाट सम्पूर्ण टोलीलाई ५० लाख टाका पुरस्कार दिने घोषणा गर्दछु ।’



बिसीबीका अध्यक्षको भनाइलाई उल्लेख गर्दै बंगलादेशी संचारमाध्यमले लेखेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनलमा नेपाललाई ३–१ ले हराउँदै बंगलादेशले पहिलो पटक साफ उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज