जसपा मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन



बिरगंज । जसपाको मधेस प्रदेशको संसदीय दलको नेतामा पूर्वसभामुख सरोज यादव चयन भएका छन् ।

मधेस प्रदेशको पहिलो कार्यलयमा प्रदेश सभाको सभामुख रहेका यादव सोमबार प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउतको समर्थनमा सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

यसअघि राउतले अडान नछाडेपछि सोमबार निर्वाचनको प्रकिया अघि बढाइएको थियो । यादव र राउत दुवैले दलको नेताका लागि उम्मेदवारी दिएका थिए । तर, पछि राउतले यादवलाई समर्थन गरेपछि उनी दलको नेता चयन भएका हुन् ।

२०७४ को निर्वाचनमा यादव तत्कालीन राजपाबाट निर्वाचित हुँदै मधेस प्रदेशका सभामुख चयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज