उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका राजदूत चौधरीबीच शिष्टाचार भेटवार्ता



काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

उनीहरूबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको हो।



भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशको राष्ट्रिय दिवसका अवसरमा २० मार्चमा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरे।



उपप्रधानमन्त्री श्रेष्ठले दूरीका हिसाबले बंगलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको भन्दै दुवै कम विकसित राष्ट्र भएकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज