अरूणाञ्चमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना



एजेन्सी । भारतको अरूणाञ्चल प्रदेशमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ।

अरूणाञ्चल प्रदेशको बमदिला नजिक चिता हेलिकप्टर बिहीबार दुर्घटनामा परेको हो ।



हेलिकप्टर केही घन्टा अगाडि नै हराएको थियो।हेलिकप्टरले एटिसीसँग आज बिहान सवा ९ बजे नै सम्पर्क गुमाएको थियो।



उक्त हेलिकप्टरमा लेफ्टिनेन्ट कर्नेल र मेजर सवार थिए। उनीहरूको खोजी र उद्धारको काम थालिसकेको सेनाले जनाएको छ।

दुर्घटनामा परेको हेलिकप्टर सेनासँग भएको सबैभन्दा पूरानोमध्ये एक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज