प्रधानमन्त्री प्रचण्डले भने – वैदेशिक रोजगारीमा जाने युवाहरूलाई अनावश्यक दु:ख नदिनू



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् ।

गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।



प्रधानमन्त्री प्रचण्डले भने, ‘वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरिएको छ । पासपोर्ट बनाउँदा दुःख दिने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस् ।’



प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौं समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुःख नदिन निर्देशन दिए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज