गगन थापालाई एमाले अध्यक्ष ओलीको प्रश्न – कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ साल नै पर्खिनुपर्छ र ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यबारे बोल्ने बेला नभएको बताएका छन् ।

उपराष्ट्रपतिमा मतदान गरेर बाहिरिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनपछि ओलीले कांग्रेससँग नमिल्ने भनेर आफूहरूले कसम नखाएको अभिव्यक्ति दिएका थिए ।



त्यसलगत्तै कांग्रेस महामन्त्री गगन थापाले ओलीलाई जवाफ फर्काउँदै २०८४ सालसम्म त्यो सम्भव नभएको बताएका थिए । त्यसको जवाफ आज ओलीले फर्काएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन । उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुपर्‍यो ?’

उनले संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेपनि देश र जनताको पक्षमा काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज