क्यानका अध्यक्ष चन्दले भने – नेपाली क्रिकेट एक तहमाथि पुग्यो, क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्छ



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तहमाथि पुगेको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग(२ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले यस्तो बताएका हुन् ।



अध्यक्ष चन्दले विश्वकप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तहमाथि पुगेको रुपमा क्यानले लिएको बताए ।



चन्दले क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको बताए ।

उनले राज्यले क्रिकेटलाई प्राथमिकतामा मात्रै नभइ खेलकुद क्षेत्रकै पहिलो प्राथमिकताका रुपमा क्रिकेटलाई राख्नुपर्ने बताए।

अध्यक्ष चन्दले सरकारले खेलाडीहरूको भविष्य सुनिश्चित गर्नुपर्ने बताए ।

आगामी दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारसँग उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज