दुर्गा प्रसाईका गतिविधि नियन्त्रणमा नलिए प्रतिकार गर्ने ओलीको चेतावनी



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले मुलुकमा देशद्रोही अभियान चलिरहँदा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



ओलीले व्यवसायी दुर्गा प्रसाईका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले त्यसको प्रतिकार गर्ने चेतावनी दिए।



अध्यक्ष ओलीले, ‘अहिले त अचम्म लाग्छ देशद्रोही कुरा गरेर मान्छे हिँडी राख्या छ । सरकारले लगाएको हो कि नलगाएको हो ? सरकार सुन्छ कि सुन्दैन ? के यही प्रचार, यही अभियान जनताले प्रतिवाद गर्न नपरोस् ।’

साग र साइकल सस्तोमा पाइन्छ भनेर देश नै अर्को देशमा मिसाइदिने अभिव्यक्ति दिनेलाई सरकारले किन नसुनेको भनी उनले प्रश्नसमेत गरे।

अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताको विरुद्धमा वकालत गर्नेहरुलाई नेपाली जनताले नछाड्ने र त्यसमा आफ्नो पार्टीको साथ रहने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज