राष्ट्रपति पौडेलले संघीय र प्रदेशका सांसदहरुलाई बोलाए शीतलनिवास



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघ तथा प्रदेशका सांसदहरुलाई शीतल निवास बोलाएका छन् ।

राष्ट्रपति पौडेलले शनिबार बिहान ९ बजे शीतल निवासमा भेटका लागि बोलाएका हुन् ।



सांसद्‍हरु काठमाडौंमा नै रहेको हुँदा राष्ट्रपतिमा निर्वाचित गर्नका लागि मतदान गरेकोमा धन्यवाद ज्ञापन गर्न शितल निवास बोलाएको सांसद्‍हरुले बताएका छन् ।



उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौंमा रहेका छन् । शुक्रबार उपराष्ट्रपति निर्वाचनका लागि मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज