युक्रेन पठाइएका लडाकु विमान ध्वस्त गर्ने रूसको चेतावनी



एजेन्सी । युक्रेन पठाइएका लडाकु विमान ध्वस्त गर्ने रूसले चेतावनी दिएको छ ।

नेटो सदस्य राष्ट्र पोल्यान्ड र स्लोभाकियाले एमआईजी–२९ लडाकु विमान युक्रेनलाई उपलब्ध गराउने घोषणा गरेपछि रूसले ध्वस्त गर्ने चेतावनी दिएको हो ।



क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार विशेष सैन्य अपरेसनका क्रममा यी सबै विनाश गरिनुपर्ने उपकरणहरु हुन् ।



रूसले गत वर्षदेखि युक्रेनमा सुरु गरेको आक्रमणलाई विशेष सैन्य अपरेसन भन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज