क्रिकेट टिमलाई ए डिभिजन लिगको खेलमा सम्मान गरिने



काठमाडौं । नेपाली क्रिकेट टोलीलाई दशरथ रंगशालमा सम्मान गरिने भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को तेस्रो स्थानमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन सफल क्रिकेट टिमलाई सहिद स्मारका ‘ए’ डिभिज लिगमा सशस्त्र प्रहरी बल (एपीएफ) र मनाङ मर्स्याङ्दीबीचको खेलका क्रममा सम्मान गरिन लागेको हो ।



दुई टिमबीचको खेलमा टिकटबापत उठेको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान)को कल्याणकारी कोषमा हस्तान्तरण गरिने बताइएको छ ।



लिगको खेलमा रंगशालाको सामान्य प्यारापिटतर्फको टिकट मूल्य १०० रुपैयाँ र भीआईपी प्यारापिटतर्फको टिकट मूल्य ३०० रुपैयाँ तोकिएको छ । बिहीबार यूएईलाई ९ रन (डीएल मेथड) ले हराउँदै नेपालले विश्वकप छनोटमा स्थान बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज