काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौंमै अवतरण



काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको बिचबाटोबाटै फर्किएको छ ।

शनिबार बिहान बुद्ध एयरको यु-४१३३ जहाजमा समस्या देखिएपछि वीरगन्जबाट मोडेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।



जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ भएको छ । काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा पनि धावन मार्ग छाड्ने बेला उडान भर्न नसकेपछि पार्किङ गरिएको थियो ।



जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ । जहाजमा ६२ जना यात्रु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज