काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जसकारण वाग्मती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशका केही भू–भागमा मेघगर्जनरचट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही ठाउँमा र तराईका भू-भागका केही ठाउमा हल्का वर्षा हुने सम्भावना छ। मेघगर्जनसहित केही ठाउँमा मध्यम वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ।
आइतबार राति भने पहाडी र तराईका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ। पहाडी भू–भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया!