रोनाल्डोको गोलमा अल नासरको जित



काठमाडौं । क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासरले साउदी प्रो लिग फुटबलमा अभालाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा नासरले अभालाई २–१ ले हराएको हो ।



नासरको जितमा रोनाल्डो र टेलिस्काले एकरएक गोल गरे । अभाको लागि अब्दुलफताहले गोल गरे ।



यो जितसँगै नासरले २१ खेलबाट ४९ अंक जोडेको छ । ऊ तालिकाको दोस्रो स्थानमा रहेको छ । १२ औँ स्थानमा रहेको अभाले २१ खेलबाट २३ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज