इक्वेडरमा ६.८ म्याग्नेच्युटको भूकम्प, १५ जनाको मृत्यु



काठमाडौं । दक्षिण इक्वेडर र पेरुको उत्तरी भूभागमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार शनिबार राति १० बजेर ५७ मिनेटमा इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट ५० माइल पर केन्द्रविन्दू बनाइ भूकम्प गएको हो । सबैभन्दा बढी क्षति दक्षिणी प्रान्त एल‌रोमा भएको ग्रार्जियनले लेखेको छ ।



सरकारी अधिकारीका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित एल ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको छ भने अजुए प्रान्तमा एक जनाको मृत्यु भएको छ ।



उत्तरी पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । यहाँ टुम्बेस प्रान्तमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज