स्ववियु निर्वाचन : कैलालीका ९ क्याम्पसमा मतदान जारी



कैलाली । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन जारी छ ।

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४८ र सामुदायिक क्याम्पसमा निर्वाचन हुँदैछ । ऐश्वर्य बहुमुखी क्याम्पससहित कैलालीका ९ क्याम्पसमा मतदान जारी छ।



यहाँको ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड, घोडाघोडी बहुमुखी क्याम्पस लम्किचुहा बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो ।



बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ । त्यसलगत्तै मत गणना हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज