चितवनमा पाटेबाघ मृत फेला | Online Nepal



चितवन । चितवनमा मृतावस्थामा पाटेबाघ भेटिएको छ।

चितवनको कालिका नगरपालिका–७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रको केउरेनी घोलमा बाघ मृत भेटिएको हो।



अन्दाजी छ वर्षको भाले बाघ खानामा विष परेकाले मरेको हुनसक्ने जिल्ला वन कार्यालय चितवनले जनाएको छ।



शव परीक्षण गरेर बाघको नमूना परीक्षण सुरु गरिएको छ। यस वर्ष राष्ट्रिय वन क्षेत्रमा बाघ मरेको पहिलो घटना हो।

गत वर्ष वन क्षेत्रमा बाघ मरेको थिएन। जिल्लाको राष्ट्रिय वन क्षेत्रमा १२ देखि १४ बाघ रहेको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज