बुढीनन्दा क्याम्पसमा विद्यार्थी संगठनबीच झडप, प्रहरीद्वारा हवाई फायर



बाजुरा । स्ववियु निर्वाचनको मतदान चलिरहँदा बाजुराको बुढीनन्दा क्याम्पसमा झडप भएको छ ।

मतदान भैरहेका बेला नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम-लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको हो ।



मतदानको क्रममा विद्यार्थी संगठनका नेताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



प्रहरीले भिड नियन्त्रण गर्न लागि अश्रुग्याँस र हवाई फायरसमेत गरेको छ । एकजना विद्यार्थीलाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज