चोरीको मोटरसाइकलसहित काठमाडौंबाट राजेश पक्राउ



काठमाडौं । चोरीको मोटरसाइकलसहित काठमाडौको चन्द्रागिरी नगरपालिका १५ स्थित ढुङगेअड्डाबाट एकजना पक्राउ परेका छन् ।

धादिङको गल्छी गाउँपालिका ४ घर भइ हाल काठमाडौंको नैकाप बस्दै आएका ३२ वर्षीय राजेश लामा मोटरसाइकलसहित पक्राउ परेका हुन् ।



वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०३-००५ प ४४ ६८ लाई परिवर्तन गरी बागमती प्रदेश ०२-०३५ प ७७ ३० राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।



मोटरसाइकल सहित पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्व र पठाइएको छ ।

२२० सिसीको पल्सर मोटरसाइकल काठमाडौँको सहयोगीनगरबाट गत कार्तिक २७ गते हराएको भनी कञ्चनपुरको बेदकोट नगरपालिका ४ घर भइ हाल कोटेश्वकर बस्दै आएका कृष्ण धानुकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज