सर्लाहीको चतुर्भुजेश्वर क्याम्पसमा पुनः मत गणना गर्ने तयारी



सर्लाही । सर्लाहीको सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहमुखी क्याम्पसमा पुनः मतगणना हुने भएको छ ।

नेकपा एमाले निकट अखिल र माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवारले बराबर मत ल्याएपछि सर्वपक्षीय बैठक बसेर पुनः मतगणनाको तयारी गरेको हो ।



आइतबार सम्पन्न स्ववियु निर्वाचनमा ७११ मत खसेकोमा मतगणनाका क्रममा ७१२ वटा मतपत्र भेटिएको छ ।



निर्वाचन अधिकृतको कार्यालयका अनुसार बढी देखिएको एउटा मतपत्रका कारण विवाद चुलिएपछि मतपरिणाम घोषणा स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज