काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सोमबार संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरू भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुअघि दलको बैठक बसिरहेको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दलको रूपमा संसदमा खेल्ने भूमिकाबारे रणनीति बनाउने बताईएको छ ।
प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् ।
प्रतिक्रिया!