काठमाडौं । भारत र जापानका प्रधानमन्त्रीबीच भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।
दुई देशबीचमा आर्थिक तथा सांस्कृतिक सम्बन्ध र सहकार्य वृद्धि गर्न भेटवार्ता उपलब्धिमूलक भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् ।
भेटवार्ताका क्रममा दुवै राष्ट्र प्रमुखहरुले भारत–जापानबीचको वैश्विक रणनीति साझेदारी विस्तार गर्ने र शान्त, स्थिरता र समृद्ध इन्डो–प्यासिफिकको आवश्यकतामा जोड दिएका समाचारमा जनाइएको छ ।
मोदीले जापान र भारतबीचको रणनीतिक साझेदारी प्रजातान्त्रिक सिद्धान्त र अन्तर्राष्ट्रिय नियमहरुको सम्मानमा आधारित रहेको बताएका छन् ।
यस्तै, जापानका प्रधानमन्त्री किशिदाले जापानले भारतमा थप लगानी गर्ने र यसले नयाँदिल्लीलाई मात्रै नभएर टोकियोलाई समेत फाइदा पुर्याउने बताएका छन् ।
यस्तै, उनले भारतीय भूमिमा स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि आफ्नो योजनासमेत अनावरण गरेका छन् ।