प्रधानमन्त्री प्रचण्ड भन्छन् – भारत भ्रमण वैशाख पहिलो साताभित्र हुन सक्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख पहिलो साताभित्र आफ्नो भारत भ्रमण हुन सक्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।



प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए ।



‘भारत भ्रमणको टुंगो छैन,’ उनले भने,’सायद यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरुवातमा हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज