आसिफ शेखलाई ‘एमसिसी स्पिरिट अफ क्रिकेट’ अवार्ड



काठमाडौं । इङ्ग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ‘द २०२२ क्रिस्टोफर मार्टिन–जेनकिन्स (सीएमजे) स्पिरिट अफ क्रिकेट अवार्ड’ नेपालका विकेटकीपर ब्याटर आसिफ शेखलाई दिने घोषणा गरेको छ ।

क्रिकेट खेलाडीले देखाएको खेल भावनाको कदर गर्दै एमसीसीले बर्सेनि यो अवार्ड दिँदै आएको छ ।



सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आयरल्यान्डसँगको खेलमा देखाएको खेल भावनाको कदर गर्दै एमसीसीले आसिफलाई अवार्ड दिएको हो ।



यसवर्ष आसिफसँगै इंग्ल्यान्डका जोस बटलर र बेन स्टोक्स मनोनयनमा थिए। यसअघि आसिफले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज