बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।



बैठकले गठबन्धनमा भएको सहमति अनुसार कांग्रेस-माओवादी केन्द्रसहितको दलहरुको सरकारको निर्माण गर्ने निर्णय गरेको छ ।



बागमतीमा राप्रपाले सरकार छाडेपछि संविधानको व्यवस्था अनुसार मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदैछन् । त्यसका लागि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज