प्रदेश सरकार आर्थिक र राजनीतिक बोझ बन्यो, हटाउने बारे बिचार गरौं : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले फेरि प्रदेश सरकारका बारेमा प्रश्न उठाएका छन् ।

उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत के नेपालको निम्ति अर्बौ तलवभत्ता खाने करिब सय प्रदेशमन्त्री र पाँचसय प्रदेशसांसद आबश्यक छ ? भन्दै प्रश्न गरेका हुन् ।



उनले देशलाई आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउने बारे बिचार गरौं भनेका छन् । राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाको रुपमा रहेको नेपाली सेनाको संख्या घटाउने बहस निरर्थक भएको उनको भनाई छ ।



‘राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाको रुपमा रहेको नेपाली सेनाको संख्या घटाउने निरर्थक बहस गर्नुको सट्टा देशलाई आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउने वारे बिचार गरौं,’ उनले लेखेका छन्, ‘के नेपालको निम्ति अर्बौ तलवभत्ता खाने करिव सयको संख्यामा प्रदेशमन्त्री र पांचसय प्रदेशसांसद आबश्यक छ ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज