म्याद गुज्रेका औषधि भेटिएपछि कैलालीमा दुई फार्मेसी सिल



कैलाली । कैलालीका दुई वटा अस्पताल तथा फार्मेसी सिल गरिएको छ ।

सामाजिक विकास मन्त्रालय, औषधि व्यवस्था विभाग नेपालगन्ज र जिल्ला प्रशासन कार्यालय कैलालीको संयुक्त अनुगमन टोलीले अत्तरियास्थित सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसी र नेहा फार्मेसी सिल गरेको हो ।



जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अनुगमन टोलीले धगगढी र अत्तरियाका ८ वटा फार्मेसी तथा अस्पतालमा अनुगमन गरेको थियो ।



त्यस क्रममा नेहा र सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसीमा म्याद गुज्रेका औषधि रहेको, लागूऔषध तथा मानसिक रोगसम्बन्धीका औषधिहरुको अभिलेखीकरण नगरेका लगायतका कमजोरी भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज