विश्वकपपछिको पहिलो खेलमा मोरक्कोसँग हार्‍यो ब्राजिल



एजेन्सी । ब्राजिल मोरक्कोसँग पराजित भएको छ ।

विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २-१ ले पराजित भएको हो ।



मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक-एक गोल गरेका थिए। ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरे ।



हालै सम्पन्न विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज