युरोकप छनोट : स्पेन र स्वीट्जरल्यान्डको विजयी सुरुवात



एजेन्सी । स्पेन र स्वीट्जरल्यान्डले युरोकप सन् २०२४ को छनोट खेलमा विजयी सुरुवात गरेका छन् । स्पेनले घरेलु मैदानमा नर्वेलाई ३–० गोलले पराजित गरेको हो ।

स्पेनका जोसेलुले दुई तथा ड्यानी ओल्मोले एक गोल गरे । जितसँगै स्पेनले युरो छनोटको समूह ‘ए’ मा ३ अङ्क जोडेको छ । यही समूहको अर्को खेलमा स्कटल्यान्डले साइप्रसलाई ३–० गोलले पराजित गरी ३ अङ्क जोडेको छ ।



त्यस्तै स्वीट्जरल्यान्डले बेलारुसलाई ५–० गोलको फराकिलो अन्तरले हराएको छ । गएराति भएको खेलमा स्वीट्जरल्यान्डका रेनाटो स्टेफेनले २९ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए ।



ग्रानिट झाँका र जेकी एमडोउनीले समान एक/एक गोल गरे । जितसँगै स्वीट्जरल्यान्डले समूह ‘आई’ मा ३ अङ्क जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज