आज आईजीपीको फुली लगाउँदै कुँवर, लगत्तै पदभार सम्हाल्ने



काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिँदैछ ।

गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच कुँवरलाई दिउँसो १ बजे दर्ज्यानी चिह्न प्रदान गर्न लागिएको हो ।



प्रहरी प्रधान कार्यालयका अनुसार लगत्तै उनले पदभार सम्हाल्नेछन् । ३० वर्षे सेवा अवधिका कारण यसअघिका आईजीपी धीरजप्रताप सिंहले शुक्रबार अवकाश पाएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त स्थानमा कुँवरलाई नियुक्त गरेको थियो ।



नवनियुक्त आईजीपी कुँवरले आजदेखि औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका हुन् । कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन् ।

यद्यपि संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले आईजीपीको कार्यकाल लम्बिने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज