गृहसचिव सिंह भन्छन्- देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यकता छ



काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक रहेको बताएका छन् ।

आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्दै सचिव सिंहले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने बताएका हुन् ।



कुँवरलाई बधाई तथा शुभकामना दिँदै गृहसचिव सिंहले नागरिकमा प्रहरीप्रतिको घट्दो विश्वासलाई बढाउन आग्रह गरे ।



पछिल्लो समय प्रविधिको प्रयोगमार्फत हुने अपराध बढेको भन्दै गृह सचिव सिंहले प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज