निलम्बनमा परे हेलिकप्टरका तीन पाइलट



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार तीन विभिन्न कम्पनीका हेलिकप्टरका तीन जना पाइलटलाई निलम्बन गरेको छ।

पाइलटहरूले उडान नियम उल्लंघन गरेकाले अर्को सूचना जारी नहुन्जेलसम्मका उनीहरूलाई निलम्बन गरिएको हो।



प्राधिकरणका अनुसार एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द बोल्ने एक पाइलटलाई निलम्बन गरेको छ ।



त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने थप दुई निलम्बन गरेको छ । प्राधिकरणले उनीहरूको नाम खुलाएको छैन ।

यी तीनैजना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकोप्टर उडाउन नपाउने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज