राष्ट्रपति पौडेलले भने – राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



राष्ट्रपति पौडेलले जनतासँगको निरन्तर सन्निध्यतासँगै उनीहरूको सुख, दुख बुझेर उनीहरूकै लागि सेवा गर्ने अठोट, प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्ने बताए।



राष्ट्रपति पौडेलले भने, ‘जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख, दुख बुझ्ने स्व.नवीन्द्रराज जोशी यही दर्शनबाट प्रभावित थिए।’

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री जोशीको निधनले अपुरणीय क्षति पुगेकोसमेत उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज