सत्ता गठबन्धनको बैठक बसेर भागबन्डा टुंग्याउने शीर्ष नेताबीच सहमति



काठमाडौं । सत्ता गठबन्धनको बैठक मंगलबार अपराह्न ४ बजेमात्र बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने तय भएको हो ।



मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए ।



तीन शीर्ष नेताबीच भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

सो मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे निर्णय हुने छ । त्यसअघि शीर्ष तहमा नेताहरुबीच एकपक्षीय तथा बहुपक्षीय छलफल हुने छ । जसअनुसार सोमबार बिहान प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको छलफलले मन्त्रालयको भागबण्डाबारे सहमति जुटाउन प्रयास हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज