आईजीपी कुँवरले शुरु गरे ‘फास्ट ट्रय्राक’मा काम



काठमाडौं । नेपाल प्रहरीका प्रहरी महनिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले पदभार सम्हालेको भोलिपल्टै चार डिआइजीलाई एआइजी बढुवामा सिफारिस गरेर प्रहरीभित्र सरुवा र बढुवामा देखिंदै आएको विवाद हटाउने संकेत देखाएका छन् ।

गृहसचिव विनोद प्रकाश सिंह नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले डिआईजीहरु सन्दीप भन्डारी, सुदीप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङको बढुवा सिफारिस गरेको हो ।



बरियतामा अघि रहेकालाई नै बढुवा सिफारिस गरिएको छ । आईजीपी कुँवरले पदबहाली गरेको दोस्रो दिन नै एआइजी बढुवा निकाल्न सफल भएका हुन् । बढुवा समितिमा आईजीपी सदस्य सचिव रहने व्यवस्था छ ।



यसअघि तत्लो दर्जाका प्रहरी अधिकारीहरुको सरुवादेखि माथिल्लो तहका प्रहरी अधिकारीहरुको सरुवा र बढुवामा विवाद हुँदै आएको थियो । विवादकै कारण बढुवा प्रकृया लम्बिने गरेकोमा आईजीपी कुँवरले भने पद सम्हालेकै भोलीपल्ट एआईजी बढुवाका लागि सिफारिस गर्न सफल भएका हुन् ।
बरियताक्रम अनुसार नै बढुवा सिफारिस गरिएको हुँदा प्रहरीभित्र देखिंदै आएको विवाद पनि आईजीपी कुँवरकै कार्यकालबाट हट्न देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज