खालिस्तान अभियन्ता अमृतपाल नेपाली अध्यागमनको निगरानीमा



काठमाडौं । भारतमा खालिस्तान नामक अलगै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंहलाई नेपालको अध्यागमन विभागले निगरानी सूचीमा राखेको छ ।

आइतबार काठमाडौंस्थित भारतीय दूतावासले पत्र पठाएपछि सोमबार उनलाई अध्यागमन विभागले ‘निगरानी सूची’मा समावेश गरेको हो । दूतावासले उनी नेपाल आउन सक्ने भन्दै अध्यागमन विभागलाई पत्र लेखेर फोटोसहित निगरानी सूचीमा राखिदिन भन्दै अनुरोध गरेको थियो ।



विभागका महानिर्देशक झलकराम अधिकारीले दूतावासले पत्र पठाएसँगै सिंहलाई सूचीमा समावेश गरेको जानकारी दिए । सिंह भारतीय प्रहरीको फरार सूचीमा छन्।



उनीमाथि ज्यान मार्ने उद्योग, कानुन कार्यान्वयनमा अवरोध पुर्‍याएको र अशान्ति मच्चाएको आरोप छ । सिंह भारतको फरार सूचीमा रहेको खबर बाहिरिएपछि नेपाल प्रहरी पनि अलर्ट रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज