मुख्यमन्त्री कृष्ण यादवद्वारा बैंक कर्मचारी संघका निर्वाचित पदाधिकारी सम्मानित



वीरगंज। मधेस प्रदेशको राजधानी जनकपुरमा शुक्रबार नेपाली काँग्रेसको प्रदेश समिति कार्यालयमा भव्य सम्मान समारोह सम्पन्न भएको छ। मधेस प्रदेशका मुख्यमन्त्री श्री कृष्णप्रसाद यादव ज्यूको अध्यक्षतामा आयोजित उक्त विशेष कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंकको दोस्रो प्रदेश तथा एघारौँ केन्द्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुनेहरूमा संघको केन्द्र समिति सचिव श्री अतिन्दर राउत, मधेस प्रदेश समिति अध्यक्ष श्री मोद नारायण चौधरी, उपाध्यक्ष श्री दीपेन्द्र चौधरी, तथा प्रदेश सदस्यहरू श्री सुजीत प्रसाद केशरी र श्री रोशन साह रहनुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले वित्तीय क्षेत्रको सुदृढीकरणमा नेपाल वित्तीय संस्था कर्मचारी संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले बैंकिङ तथा वित्तीय क्षेत्रमा कर्मचारीहरूको समर्पण, अनुशासन र व्यावसायिकताले देशको आर्थिक विकासमा ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै निर्वाचित नेतृत्वलाई अझ सक्रिय र जिम्मेवार भएर अघि बढ्न हौसला प्रदान गर्नुभयो।

उक्त सम्मान समारोहले वित्तीय क्षेत्रका कर्मचारीहरूको योगदानलाई उच्च कदर गर्दै संगठनात्मक एकता र पेशागत मर्यादालाई थप मजबुत बनाउने सन्देश दिएको सहभागीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज