बार एशोसिएशनका अध्यक्ष घिमिरे भन्छन् – सर्वोच्च फर्किन्छु भनेर चोलेन्द्रले मजाक गरे



काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर मजाक गरेको बताएका छन् ।

आइतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका हुन् ।



उनले संसदको कार्यकाल सकिएको नभई सांसदहरूको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाभियोगको सम्बन्धमा आगामी संसद्ले प्रष्ट पार्ने बताए ।



उनले महाअभियोग सिफारिस समितिले संसदलाई प्रतिवेदन समेत पेश गरिसकेको अवस्थामा प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि नै मजाक गरेको बताए । उनले बारले हालसम्म कुनै विरोधको कार्यक्रम तय नगरेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज