जनकपुरधाम। मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय तनावपूर्ण अवस्था सिर्जना भएपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् र सुरक्षा निकायको संयुक्त आकस्मिक बैठक बोलाएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेश भवनमा जारी बैठकमा जनकपुरधाममा रहेका प्रदेश सरकारका मन्त्रीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ।
बैठकमा प्रदेशको पछिल्लो सुरक्षा अवस्था, शान्ति-सुरक्षा कायम गर्ने उपाय तथा सामाजिक सद्भाव जोगाउने विषयमा छलफल भइरहेको जनाइएको छ।
बैठकपछि नेपाल प्रेससँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री यादवले मधेश सदियौँदेखि सामाजिक सद्भावको उदाहरण रहँदै आएको उल्लेख गर्दै वर्तमान अवस्था चिन्ताजनक रहेको बताए।
उनले सबै समुदायलाई संयम अपनाउन र आपसी सद्भाव कायम राख्न आग्रह गर्दै स्थिति तत्काल नियन्त्रणमा लिन प्रदेश सरकारले कडा रणनीति अवलम्बन गर्ने बताए।
प्रतिक्रिया!