बेलायतकी महारानी एलिजाबेथको आज अन्त्येष्टि गरिँदै, विश्वका शीर्ष नेताहरु सहभागी



एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदैछ ।

बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुनेछ । अन्त्येष्टि अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।



महारानी एलिजाबेथको अन्तिम संस्कार विन्ड्सरमा रहेको किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बताइएको छ । राजकीय अन्तिम संस्कारमा उनको परिवारसहित विश्वका शीर्ष नेताहरुसमेत सहभागी भएका छन् ।



बेलायत सरकारले यसअघि नै महारानीको अन्त्येष्टि समारोहमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो । झण्डै ७ दशक शासन गरेकी महारानी एलिजाबेथको गएको भदौ २४ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज