सडेको अवस्थामा तीन शव फेला, बाढीले बगाएर ल्याएको आशंका



कञ्चनपुर । कञ्चनपुरमा सडेको अवस्थामा तीन जनाको शव भेटिएको छ ।

जिल्लाको लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो ।



शव आइतवार साँझ भेटिएको र सडेको अवस्थामा रहेकाले पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



शवको पहिचान गर्न नसकिएपछि डीएनए संकलनको तयारी गरिएको बताइएको छ । शव बाढीले बगाएर ल्याउन हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज