गठबन्धनसँग सत्ताको भागबण्डा र मिलीजुली खाने बाहेक कुनै एजेण्डा छैन : प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले गठबन्धनसँग सत्ताको भागबण्डा र मिलीजुली खाने बाहेक अरु कुनै एजेण्डा नभएको दावी गरेका छन् ।

सोमबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता प्रदीप ज्ञवाली यस्तो बताएका हुन् ।



मंसिर ४ मा हुने निर्वाचनले राजनीतिक स्थिरता चाहने र अस्थिरता चाहने बीचको फैसला गर्ने दिन भएको भन्दै नेकपा एमाले विजयी भएमात्रै मुलुकलाई स्थिरता दिने नेता ज्ञवाली बताए ।



उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध राज्य संयन्त्रको दुरुपयोग भएको समेत आरोप लगाएृका छन् ।

उनले भने, ‘६ महिनासम्म महाभियोगबारे छलफल नगर्ने अनि अव संसदको आयु सकिन लाग्यो भनेपछि नाटक गर्ने र ६ जनाको जबरजस्त बहुमत बनाएर काइते प्रतिवेदनका आधारमा एक जना व्यक्तिका विरुद्ध राज्य संयन्त्रको चरम दुरुपयोग गरियो ।’

उनले वरियता प्रोटोकलमा चौथो नम्बरमा रहेका प्रधानन्यायाधीशको त अवस्था यस्तो छ भने नेपाली जनताको हालत के होला भन्दै प्रश्न समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज