भीम रावलले भने – राज्य चलाउनेहरूमा समृद्धिका लागि समर्पित हुने सद्बुद्धि पलाओस्



काठमाडौं । नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले राज्य चलाउनेहरूमा सद्बुद्धि पलाओस् भन्दै संविधान दिवसको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले राज्य चलाउनेहरूमा सद्बुद्धि पलाओस् भनी कामना गरेका हुन् ।



उनले लेखेका छन्, ‘नेपालको संविधान जारी भएको ७ वर्ष पुगेको अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना ।



देशको स्वाधीनता, अखण्डता, स्वाभिमान र हितको अभिवृद्धि एवं सुशासन र समृद्धिका लागि समर्पित हुने सद्बुद्धि राज्य चलाउनेहरूमा पलाओस् । स्वार्थको वलिवेदीमा देश र जनताको भविष्य डढाउने कृत्य बन्द होस् ।’

उनले स्वार्थको वलिवेदीमा देश र जनताको भविष्य डढाउने कृत्य बन्द होस् भनी कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज